महायज्ञमा आइतबार मात्र झण्डै एक करोड रुपैया संकलन

पोखरा, २८ माघ। ब्राहमण समाज नेपाल कास्कीले पोखरामा माघ १९ देखि आयोजना गरेको श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञको सोमबार समापन गरिदै छ। सोमबार महायज्ञको औपचारिक समापनसँगै पनि दानदिन चाहने दानवीरले दान गर्न सक्ने महायज्ञ मुल समारोह समितिका महासचिव एवं प्रवत्ता विश्वमोहन पौडेलले जानकारी दिए।

महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गरिरहेका छन्। आइतबार पनि दानवीर र भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको प्रचार प्रसार समितिका संयोजक बलराम ढुगानाले बताए। महायज्ञमा आइतबार मात्र झण्डै एक करोड रुपैया संकलन भएको महायज्ञ मुल समारोह समितिका संयोजक भेषराज लम्सालले जानकारी दिए। उनका अनुसार महायज्ञमा संकलन भएको कुल रकम महायज्ञको समापनसँगै सोमबार नै घोषणा गरिने छ।

महायज्ञमा आइतबार कास्की कृस्ती – ४ का हेम शर्मा ÷विष्णुकला पौडेलले गुरुकुल आश्रम निर्माणका लागि स्वर्गीय धर्मकला पौडेलको स्मृतीमा पाँच लाख एक हजार एक सय ११ रुपैयाको अक्षयकोष प्रदान गरेका छन्। पोखरा – १७ का माधव बरालले दुई लाख २२ हजार दुई सय २२ सहित समाज भवनको एउटा कक्ष निर्माण गर्ने घोषणा, पोखरा – ९ का चन्द्रकला बाँस्तोलाले २५ हजार पाँच सय ५५ सहित चन्द्रकला कक्ष निर्माण गर्ने घोषणा, पोखरा – १० का दिव्यकुमारी पोखरेलले तीन लाख ५५ हजार पाँच सय ५५, पोखरा – ८ का पण्डित लिलाधर पौडेलले एक लाख ५५ हजार, झापाका नन्दीकिशोर अधिकारी र लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक लाख २५ हजार दुई÷एक लाख २५ हजार दुई, पोखरा – ९ का जगन्नाथ पँगेनीले एक लाख १५ हजार पाँच सय ५५, पोखरा – ६ का केदारनाथ पहारीले पिता नारायणदत्त पहारीको स्मृतिमा, पोखरा – १३ का ज्ञानेन्द्रप्रसाद सिग्देल, लेखनाथ – ३ का लिलाधर बरालले एक लाख ११ हजार एक सय ११÷एक लाख ११ हजार एक सय ११, लेखनाथ – ८ का बुद्विसागर जमरकट्टेलले एक लाख पाँच हजार एक सय १५, पोखरा – ४ का शंकर पराजुली, पोखरा – ७ का पृथ्वी पौडेल, रुपन्देहीका रोमणी पाठक, भलाम – ४ का गोविन्दप्रसाद पौडेलले एक लाख एक हजार एक सय ११÷एक लाख १ हजार एक सय ११, पोखरा – १ का देउमाया पराजुलीले एक लाख एक हजार पाँच सय प्रदान गरेका छन्।

त्यस्तै, पोखरा – ८ स्थित बराल सेवा समाजले ६५ हजार एक सय ५५, पोखरा – ४ का लिलाराम सुवेदीले ५६ हजार एक सय ७२, लेखनाथ – २ का नेत्रपाणी बाँस्तोला, पोखरा – ९ का डा माधवबाबु तिवारी, स्याङ्जा पुतलीबजार – १० का महाप्रसाद सुवेदीले ५५ हजार पाँच सय ५५÷५५ हजार पाँच सय ५५, पोखरा – ४ का रामकृष्ण पराजुलीले ५१ हजार एक सय २५, पोखरा – १२ का खिमलाल पराजुली, पोखरा – १३ का केशव आचार्यले ५१ हजार एक सय ११÷५१ हजार एक सय ११, बेदनिधि शर्मा अधिकारीले ५१ हजार एक सय ५, पोखरा – १५ का कृष्णप्रसाद गौतमले ५१ हजार ५५, पोखरा – १० का दुर्गानाथ घिमिरेले ५० हजार पाँच सय ५५, लेखनाथ – ८ का डमरु बल्लभ चापागाईले ३५ हजार एक सय ११ र पोखरा – ९ का शंकर खरालले ३५ हजार एक सय एक रुपैया प्रदान गरेका छन्।

जातीय सद्भाव कायम गर्ने, ब्राहमण समाज नेपालको केन्द्रीय भवन निर्माण गर्ने, सनातन धर्म दर्शन÷संस्कार र संस्कृतिको अध्यापन गराउने, वैद्विक गुरुकुल आश्रम संचालन गर्ने, बहुउदेश्यीय सामुदायिक भवन र सन्त निवास निर्माण लगायतका उदेश्यले महायज्ञ आयोजना गरिएकोे हो।

कमेन्टहरु
Loading...