विपि चिन्तन प्रतिष्ठान कालिका गाउँ कार्यसमिति गठन

पोखरा, २८ भदौ /कालिका गाविसमा विपि चिन्तन प्रतिष्ठानको गाउँ कार्यसमिति गठन गरीएको छ । विपि चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालयको निर्देशन अनुसार शुक्रबार भएको भेलाले दुर्गा प्रसाद पौडेलको संयोजकत्वमा १३ सदस्यिय विपि चिन्तन प्रतिष्ठान कालिका गाउँ कार्यसमिति गठन गरेको हो ।

समितिको सह–संयोजकमा दामोदर पौडेल, सचिवमा रामकृष्ण त्रिपाठी, सह–सचिवमा टिकाराम भण्डारी, कोषाध्यक्षमा सुस्मा थापा रहेकी छन् । त्यस्तै सदस्यहरुमा मुक्तिनाथ अधिकारी, भवानी प्रसाद भण्डारी, लोक बहादुर गुरुङ्ग, बाबुराम अधिकारी, हरी प्रसाद भण्डारी, गुरु प्रसाद कुँईकेल, विष्णुमाया पौडेल र विष्णुमाया तिवारी रहेकी छन् ।

त्यसैगरी सल्लाहकारमा राजेन्द्र प्रसाद त्रिपाठी, कृष्ण प्रसाद अधिकारी, गंगा बहादुर गुरुङ्ग, होमनाथ पौडेल, ज्ञानहरी भण्डारी, भोजराज त्रिपाठी, विश्वरमण अधिकारी रहेका छन् । विपिको विचारलाई जनमानसमा पु¥याउने समितिको उद्धेश्य रहेको संयोजक दुर्गा प्रसाद पौडेलले बताए ।

कमेन्टहरु
Loading...