भरतपुर महानगर पालिकाको वडा कार्यालयमा बम विस्फोट, केही पक्राउ

चितवन, २९ फागुन /भरतपुर महानगरपालिकाको वडा नम्बर ५ तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

राती करिब साढे १२ बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका

घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।
विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने बताएको छ । विस्फोट गराएको आशंकामा प्रहरीले राती नै ६ जनालाई पक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...