रगत अभावमा शल्यक्रिया रोकिदा विरामी संकटमा

पोखरा, १३ फागुन/एवी नेगेटीभ रगतको अभावमा लामाचौर ३ खत्री डहरका ६६ बर्षिय गुमनवहादुर नेपालीको शल्यक्रिया हुन सकेको छैन । लगातार वान्ता हुने र दिसा नहुने समस्यावाट पीडित नेपालीको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपनि एवी नेगेटिभ समुहको रगत नहुदा उनको जीवन संकटमा परेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको पोष्ट अपरेटिभ वार्डमा दुई दिन अघि भर्ना गरिएका उनको शल्यक्रिया गर्दा कम्तिमा चार प्वाईन्ट रगत चाहिने चिकित्सकले वताएका छन । दुई प्वाईन्ट रगत उपलव्ध भएपनि वा“की दुई प्वाईन्ट अपुग भएका कारण अभावमा विरामी नेपालीको जीवन संकटमा परेपछि परिवारले एवी नेगेटीभ समुह भएका दातालाई रक्तदान गरि जीवन वचाईदिन आग्रह गरेका छन । विरामीका छोरा सुरत नेपालीले एवी नेगेटिभ रगत समुह भएका दातालाई ९८४६२०५२४१ मा सम्पर्क गरी विरामीको रक्षा गरिदिन आग्रह गरेका छन ।

कमेन्टहरु
Loading...