तमुमैंताको रक्तदान, रक्तदाताहरुलाई सम्मान

पोखरा, ३० भदौ/ह्वाइट लोटस स्टुडियो प्र्रालिद्धारा सञ्चालित तमुमंैताँ डटकमले सामाजिक कालाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान संगै तमुमैताँले रक्तदान मार्फत समाजमा विशेष योगदान पु¥याएका ४ जना ब्यक्तिलाई समेत सम्मान गरेको हो ।

‘तमुमैंताको अर्को सामाजिक अभियान, सामाजिक सद्भावका लागी रक्तदान’ भन्ने मुल नाराका साथै रक्तदान सामाजिक काम भएकाले कोहीपनि ब्याक्तिले रक्तदानबाट पछाडि हट्न हुन्न भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरेको आयोजकले जनाएको छ ।
७३ औं पटक रक्तदान गर्ने पोखराका बिक्रम उदास र पोखराको इतिहासमा पहिलो पटक रक्तदान गर्ने दुई जना पुरुष र ३८ औ पटक रक्तदानमा सहभागी पोखरा भण्डारढिककी तारादेवी गुरुङलाई सम्मान गरिएको थियो ।

सम्मानित ब्याक्तित्वहरुलाई तमुमैंताका सञ्चालक युग बहादुर गुरुङ र गण्डकी प्रदेशका सांसद मन बहादुर गुरुङले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

सोही अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले रक्तदान जस्तो सामाजिक काममा कोही पनि पछि पर्न नहुने सन्देश प्रवाह गर्ने उद्देश्यले ह्वाइट लोटस प्रालिद्धारा सञ्चालित तमुमंैता डटकमले रक्तदानका साथै रक्तदानमा योगदान पु¥याएका ब्याक्तिहरुलाई सम्मान गरेर अन्य जनमानसलाई पनि रक्तदानमा सहभागी हुनुपर्छ भन्ने सन्देश प्रदान गरेको वताए ।

तमुमैँता डटकमले यसअघि गुरुङ समुदायबाट सञ्चालित न्यानो कपडा संकलन गरी गएको ल्होसारमा चेपाङ बस्तीमा पुगी न्यानो कपडा वितरण गरेको र आगामी दिनमा पनि रक्तदान र असहायहरुको सहयोगमा निरन्तर लागी पर्ने तमुुमैंता डटकमका सञ्चालक युग बहादुर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...