सैनिक स्कुलको रक्तदानमा ८३ युनिट रगत संकलन

मंसिर÷१५/यूवा रेडक्रस सर्कल सैनिक आवासिय महाविद्यालय पोखराले फूलवारी स्थित महाविद्यालय परिसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ८३ युनिट रगत संकलन गरि रेडक्रस रक्क्त संचार कास्कीलाई यूवा रेडक्रस सर्कल सै.आ.म.वि.ले हस्तान्तरण गर्यो ।

 नयाँ गोरख गणका गणपति श्री सगुन शम्सेर राणाले रक्क्तदाताहरुलाई ब्लड ब्याग वितरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । समाजमा जनचेतना जगाउने उद्धेश्यले प्रत्येक वर्ष गरिने यूवा रेडक्रस सर्कल सै. आ. म. वि पोखराद्धारा यस वर्ष पनि पोखरामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा कक्षा ११ र १२ का छात्र छात्रा, शिक्षकशिक्षिका, नेपाली सेना र कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य श्री खेमराज देवान र सम्पर्क अधिकृत सेनानी श्री मोहनचन्द्र गरुङ्कले रेडक्रस रक्क्त संचारका प्राविधिक श्री अर्जून ज्ञवालीलाई मायाको चिनो प्रदान गरी कार्यक्रमको समापन गरिएको थियो ।

कमेन्टहरु
Loading...