२७ युनिट रगत संकलन

पोखरा, १० बैशाख/नर्सिङ्ग पढ्ने विद्यार्थीहरुको समुह सि एन एस बबल गर्ल पोखराले आयोजना गरेको खुल्ला रतmदान कार्यक्रममा २७ यूनिट रगत संकलन भएको छ । केयर एण्ड सर्भिस भन्ने मुल नाराका साथ २०११ मा स्थापना भएको नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुको समुहले आयोजना गरेको खुल्ला रतmदान कार्यक्रममा २७ जनाले रतmदान गरेको नर्सिङ्ग गु्रपका प्रिशिला राइले जानकारी दिइन् ।

डाक्टर रबिन्द्र श्रेष्ठ र मार्गदर्शन एकेडेमीका म्यानेजिङ डाइरेक्टर पुरन श्रेष्ठले पहिलो रतmदाता प्रमोद थापालाई ब्लडब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा रतmसन्चार केन्द्र पोखराको प्राबिधीक सहयोग रहेको थियो ।

२०११ मा एभरग्रीन टेक्निकल इन्स्टीच्यूट हेल्थ एण्ड साइन्समा अध्ययनरत विद्यार्थीहरुको समुहले पोखरामा रहेका विभिन्न असहाय, बृद्धबृद्धाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...