अनलाईन मार्फत रक्तदाता बढाउने

रेम बिक
पोखरा, २२ फागुन । रक्त अभाव न्युनिकरणका लागी सामाजिक संस्था ‘संकल्प’ले अनलाईनमार्फत रक्तदाताहरुको विवरण संकलन अभियान थालेको छ । रगत अभावमा अझै पनि धेरैजनाले ज्यान गुमाउनु परेको यथार्थता रहेकोले संस्थाले सामाजिक रुपमै यस्तो अभियान थालेको हो ।

यसैबिच संस्थाले सरोकारवालाहरुसंग सोमबार ‘रक्त अभाव न्युनिकरण र संस्थागत सामाजिक उत्तरदायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम गरेर रगत उपलब्धताका लागी हुन सक्ने विभिन्न विकल्पहरुको बारेमा छलफल गरेको छ ।

छलफलमा सुचना र संचारकै कारणले रक्तसंकलनम धेरै सहयोग पुगेको उपस्थितहरुले बताएका थिए । नेपाल रेडक्रस सोसाईटीका उपसभापति शिवप्रसाद कोईरालाले संचारमाध्यमको प्रचारप्रसारकै कारणले आफुहरुलाई रगत संकलनमा धेरै सहयोग मिलेको बताए । कास्कीमा संचारमाध्यमहरुले रक्तदानमा सहयोग गरेकै कारण अहिले जिल्लाबाट अन्य स्थानमा समेत रगत पठाउन आफुहरु सफल भएको उनले सुनाए ।

त्यस्तै क्यान कास्कीका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सुचना र सञ्चार अहिले हरेक क्षेत्रमा सहयोगी बन्दै गएको बताए । संकल्पले सुचनाप्रविधिकै सहयोगले रगत संकलन गर्नका लागी रक्तदाताहरु जम्मा गर्ने अभियान गर्नु पनि सुचना प्रविधिको विकासको एउटा गतिलो प्रमाण भएको उनले बताए । त्यस्तै संकल्पले थालेको अभियान सुचना प्रविधिको सकारात्मक उपयोग भएको समेत उनको भनाई थियो ।

कार्यक्रममा विग एफएम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै संचारको क्षेत्रबाट रक्तसंकलनका लागी आफुले सक्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै संचार क्षेत्रबाट आफ्नो सहयोग बढाउनेमा पोखरा एफएमका स्टेशन म्यानेजर अमृत सुवर्णकारले पनि उपस्थितलाई विश्वास दिलाए ।

 

कमेन्टहरु
Loading...