सात वर्षे नाबालकलाई अपहरण गर्न खोज्ने चार प्रक्राउ, दुई फरार

नवलपरासी, ३१ असार/नवलपरासीमा नाबालक अपहरण प्रयास गर्ने खड्क बहादुर सुनार समेतका ४ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । असार २७ गते बिहान १०ः१५ बजेको समयमा देवचुली नगरपालिका वडा नं ३ प्रगतिनगर स्थित विश्चज्योती उमावि कक्षा १ मा अध्ययनरत गैडाकोट १६ बस्ने बर्ष ७ को नावालकलाई बिद्यालयबाट अपहरणको प्रयास गरेका थिए ।

अपहरण प्रयास पछि प्रहरी टोली परिचालन गरी बिभिन्न ३ स्थानबाट ३ जना ब्यक्तिलाई प्रक्राउ गरेको पश्चिमाञ्चल प्रहरी प्रवक्ता श्याम अर्यालल जानकारी दिए ।

उनीहरुले मोबाईल सेट समेत लुटि लगेको र त्यही लुटिएका मोबाईल नम्बरहरुबाट पिडितको बाबुलाई फोन गर्दै फिरौति रकम माग गर्दै धम्कि समेत दिने गरेको खड्ग बहादुर सुनार र निजको भाई हेम बहादुर सुनारलाई रुपन्देही जोगिकुटीबाट र सदिप बिक र समुयल बराईलिलाई नवलपरसीको देवचुलिबाट प्रहरीले पक्राउ गरेको अर्यालले जानकारी दिए ।

घटनामा संलग्न फरार २ जनाको खोजतलास र आवश्यक अनुसन्धान भइरहेको छ उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...