‘मलाई मतदाताले बिजय बनाउँछन्’ः पालिखे

पोखरा उद्योग वाणिज्य संघको भदौ ३१ र असोज १ गते हुने ३१ औ महाधिवेशनबाट अध्यक्ष पदका लागि ६ जना प्रतिस्पर्धी चुनावी मैदामा उत्रिएका छन् । सबैले आआफ्नै ऐजेण्डासँगै चुनावी प्रचारमा लागेका छन् । थुपै संघसंस्थाको नेत्तृत्वदायी भूमिका निभाइसकेका र विभिन्न व्यावसायिक संस्थाका अध्यक्ष भइसकेका बिश्वशंकर पालिखे पनि चुनावी मैदानमा छन् । उनीसँग गरिएको छोटो कुराकानी ।

विश्वशंकर पालिखे
विश्वशंकर पालिखे

तपाईलाई अलि बढी महत्वाकांक्षी छ भन्छन् यो कति सत्य हो ?

सपना नै बिपनाको खाका हो यो मेरो २०६१ सालको पोखरा उद्योग वाणिाज्य संघको निर्वाचनमा घोषित नारा हो । सो समयमा मैले पोखरा क्षे्त्रीय विमानस्थलको मुद्धालाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी प्रस्तुत गरेको थिएँ । मित्र राष्ट्र चिनका ग्वाङ्जाओ, कुन्मिन, र लिञ्जीसँग पोखरा उपमहानगरपालिकाको भगिनी सम्बन्ध कायम गर्दै विभिन्न सहयोग तथा योजनाहरुलाई कार्यान्वयन गर्न सक्नु जस्तै दुई वटा दमकल ल्याउनु, भूकम्पबाट प्रभावितका लागि सहयोग ल्याउनु, पोखरा उपमहानगरपालिकालाई आइटीसम्बन्धी सहयोग ल्याउनु भोलीको सोलार सिटीको रुपमा तिब्बत सरकारबाट पोखरालाई सोलार सिटी बनाउन सोलार सडकबत्ति ल्याउनु लगायतका योजनालाई महात्वाकांक्षी भनिन्छ भने हो म महात्वाकांक्षी छु । समग्र पोखरा र पोखरेली उद्योगी व्यवसायीहरुको विकास र उत्थान को लागि सपना देख्नु मेरो महत्वाकांक्षा हो ।

पोखरा उद्योग वाणिज्य संघको नेत्तृत्व लिने होडबाजीमा लाग्नु त्यही महत्वाकांक्षाको एउटा रुप हो ?
२०६१ सालमा म पोखरा उद्योग को प्रत्यासी भई दोस्रो नम्बरमा आइसकेपछि सामान्यतय निर्वाचनमा पराजित भइसकेपछि पलायन हुने परिपाटीलाई चुनौती दिँदै मैले मेरा उद्योगी व्यवसायीहरुको मतलाई शिरोधार्य गर्दै पुनः कार्यकारी सदस्यको रुपमा ६ वर्षदेखी कार्यरत छु । साथै कार्यकारी सदस्य भएको अवस्थामा पनि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, समग्र चार नं. प्रदेशको प्रस्थान बिन्दु हुन सक्छ भनी यसको सुनिश्चिताको लागि निरन्तर लागि परेको छु । साथै समग्र पोखरेलीलाई के अवगत छ भने मेरा भूमिका पोखरा क्षेत्रीय विमानस्थलका लागि अवगत नै छ ।

यसको सुनिश्तिताको लागि अझै निरन्तर लागि रहनुपर्ने हुनाले तथा आफ्ना विभिन्न योजनाहरु तथा व्यवसायिक हक हित र उत्थानको लागि मेरो राष्ट्रिय अन्ताराष्ट्रिय सम्बन्धबाट थप टेवा पुग्छ भन्ने र पोखरा समग्र चार नं. प्रदेशको राजधानीको रुपमा अगाडी बड्ने अवसर पाएको अवस्थामा चार नं. प्रदेशको उद्यम व्यवसायहरुको उत्थान र विकासको लागि पोखरा उद्याृेग वाणिज्य संघले अग्रणी भूमिका निर्वाह गर्नु समयको माग हो । सो निर्दिष्ट उदेश्य प्राप्तीको लागि सबल सक्षम सहयोगी नेतृत्वको खाँचो रहने तथा यसमा म आफूलाई आफ्ना निकटका आफन्त, सहयोगी उद्योग व्यवसायीहरुको सुझाव सल्लाह र साथले म यसमा अगाडी बढेको हुँ ।

पोखरा उद्योग वाणिज्य संघको नेतृत्व तपाईले नै लिनुपर्ने कारण ?
विगतमा पारिवारिक पृष्ठभूमीसँगै पोखरा उद्योग वाणिज्य संघसँग मेरो परिवारको निकटतम सम्बन्ध रहेको थियो । जसका कारण मैले बाल्यकालदेखी नै संघसँग नजिकबाट नियाल्ने अवसर पाएँ । संघले पोखराको विकास र उत्थानका लागि अग्रजहरुले गरेको योगदानलाई मनन गर्दै पोखराको विकासमा वाणिज्य सघको अहम भूमिका रहने हुनाले म आफू पनि विकासप्रेमी भएकाले यसमा नेत्तृत्वदायी भूमिका जानुपर्ने भएकाले अगाडी बढेको छु ।

के एजेण्डा झन् जसका कारण मतदाताले तपाईलाई नै जिताउछन् ?
विश्वास, परिपक्वता, दृढ संकल्प जुझारुपन विकासप्रेमीका रुपमा मैले आफ्नो छवि पोखरामा स्थापित गर्न म आफै सफल भएको छु जस्तो लाग्छ । यहाँहरुले मलाई चिन्नु पनि भएको छ, बुझ्नु पनि भएको छ । यिनै विश्वासका कारणले म आफूलाई यिनै कारणले मलाई मतदाताले बिजय बनाउँछन् । मेरो मुख्य ऐजेण्डा भनेकै पोखरा क्षेत्रीय विमानस्थलको सुनिश्चितता, सोलार सिटीको बनाउनु लगायतका छन् ।

कस्तो किसिमको प्रचार शैली छ ?
विगतका निर्वाचनहरुमा मैले मेरा मतदाताहरुको माझमा जाने सुअवसर गुमाननुप¥यो । किनकी मत माग्ने बेलामा हामी पोखरा क्षेत्रीय विमानस्थलको आन्दोलनमा थियौं । मेरो लागि त्यो आन्दोलन सफल बनाउनु कर्तव्य थियो । त्यतिबेला म मतदाताकहाँ पुग्न सकिन । मेरा मित्रहरुले विश्वास गरि अधिकतम मत दिई बिजयी पनि गराउनुभयो । तर, यसपाली नेत्तृत्वकै भूमिकामा रहेकाले मैले अधिकतम व्यवसायीको घरदैलोमा पुग्ने, उहाँहरुसँग साक्षात्कार गर्ने, समस्या सुन्ने, र आफ्नाबारेमा केही कुरा राख्ने गरि म अगाडी बढेको छु । विभिन्न समूहका मित्रहरुलाई मेरा अतितका काम कर्म, वर्तमान अवस्था र भावि योजनालाई बुझाउँदै हिडेको छु । र मित्रहरुको सुझाव र सल्लाहलाई आफ्नो मुद्धामा कसरी समाहित गर्न सकिन्छ भनी म योजनारत छु ।

अलि काठोर छ भन्छन् यसलाई तपाइ कसरी लिनुहुन्छ ?
दृढ सङ्कल्पसहित निश्पक्ष भएर अघि बढ्दा आफ्नो जुझारुपन प्रस्तुत गर्नैपर्छ । आफ्ना प्रस्तुतिहरुलाई निर्णायार्थ लान दृढताका साथ अघि बढ्दैपर्छ । यस्ता कर्महरुले हाम्रो उद्देश्य प्राप्तिको लागि सहि मार्ग देखाउँछ भन्ने मेरो अठोट छ । कहिलेकाँही यस्ता किसिमका अठोटहरु देखाउँदा आरोप लाग्नु स्वभाविकै हो । तर, मलाई निकटबाट बुझ्ने र चिन्नेहरुहलाई थाह छ मेरा भावना, मेरा स्वभाव र मेरा विचार के हुन् भनेर ।

कमेन्टहरु
Loading...