बिशाल को अपरेटिभको साधारण सभा

पोखरा १५ भदौ । बिशाल को–अपरेटिभ संस्था लिमिटेड बुद्धविशाल बजार पोखराको चौधौँ वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य नारायण प्रसाद अर्यालले कार्यक्रमको उद्घाटन गरे । सो अबसरमा बोल्दै उनले सहकारीले कृषि क्षेत्रको विकासमा कृषि कर्जा अन्तरगत लिइने कर्जाको व्याजदरमा १ प्रतिशत छुटको व्यवस्थाले साना व्यवसायीलाई राहत पुग्ने हुँदा कमजोर सदस्यहरुलाई कर्जाको व्याजदर कम गर्न आग्रह गरे । उनले वचत तथा ऋण सहकारीहरु नियमित वचत संकलन गर्ने र ऋण दिनेमा मात्र सिमित हुन नहुने भन्दै व्यवसायिक क्षेत्रमा लगानी वडाउन आग्रह गरे । राष्टिय सहकारी संघ संञ्चालक समितिका सदस्य डिल्लीराम तिवारीले प्रस्तावित सहकारी नियमावली २०७० लागु भए देशभरका सम्पूर्ण सहकारी वन्द हुने अवस्था आउने भन्दै सोको विरोधमा उत्रन सम्पूर्ण सहकारीका संचालकहरुमा आग्रह गरे । कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले व्यवसायिक क्षेत्रमा लगानी गर्ने नितिअनुरुप संघले सहकारी प्रेस संचालनमा ल्याउन लागेको वताए । विशाल को अपरेटिभका सचिव तथा प्रवन्ध निर्देशक सुदिप ढकालले संस्थाले सहकारीका मुल्य मान्यता र साखलाई जिवन्त राख्दै आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नति र प्रगतिको निम्ति सदैव क्रियाशिल रहेको जानकारी दिए ।
संस्थाका अध्यक्ष भुवन नेम्कुलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वुद्धविशाल वजार व्यापारिक एसोसियसनका अध्यक्ष प्रजनकुमार थापा, बुद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष वलराम गौतम, कास्की वचत तथा ऋण सहकारी संघका सचिव हरिभक्त पौडेल, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता जगन्नाथ ढकाल, मुक्तिनाथ विकास वैँकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, संस्थाका उपाध्यक्ष गोविन्द प्रसाद ढकाल तथा सहकारीका शिक्षा उपसमितिका सदस्य प्रदिपकुमार मुल्मी लगायतले बिशाल को अपरेटिभले सहकारीको क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै साधारण सभाको सफलताको कामना गरेका थिए ।
साधारण सभाको अवसरमा ५६ औं राष्ट्यि सहकारी दिवसको उपलक्ष्यमा संस्थाका प्रवन्ध निर्देशक सुदिप ढकाल कास्की जिल्लाकै उत्कृष्ठ प्रवन्धक निर्देशकको रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीवाट पुरस्कृत भएकोमा कार्यक्रममा उनलाई सम्मानित गरिएको थियो ।त्यसैगरि निक्षेप तथा कर्जामा सर्वोत्कृट भए वापत सगन वर्जाचार्य, नाङसाङ गुरुङ, वावुराम पौडेल र तुलसीप्रसाद अधिकारीलाई पुरस्कृत गरिएको थियो । यस्तै एसएलसि परिक्षा २०६९ मा वडी अङ्कल्याउने सदस्यका छोराछोरी मध्येवाट छात्र तर्फ पुस्कल कोईराला तथा छात्रा तर्फ प्रियंका कार्की र दस जोढ दुईमा सर्वाधिक अङ्क प्राप्त गर्ने सृष्टि वराललाई नगद सहित सम्मानित गरिएको थियो ।
त्यसैगरि ७० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिक गंगादेवी पौडेल र कृतिनाथ पाध्यालाई पनि सम्मानित गरिएको थियो । साधारणसभाले अध्यक्ष भुवन नेम्कुलको आ.व.२०६९÷०७० को बार्षिक प्रतिवेदन तथा प्रवन्ध निर्देशक सुदिप ढकालले प्रस्तुत गरेको आ.व.०७०÷०७१ को वार्षिक कार्यक्रम तथा बजेट र रामकृष्ण दुवाडीद्धारा प्रस्तुत आ.व.२०६९÷०७० को लेखा समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कमेन्टहरु
Loading...