साता नबित्दै झापाको चार ठाउँमा बर्डफ्लू

भद्रपुर, चैत्र २५ – एकसाता नबित्दै झापाको चार ठाउँमा कुखुरामा बर्डफ्लू पुष्टि भएपछि कुखुरा व्यवसायीहरुमा सन्त्रास फैलिएको छ । चन्द्रगढी–४ स्थित जीवन थापाको घरमा पालिएका कुखुरा र कुमरखोद गाविस–६ बस्ने कृष्णगोपाल लिम्बूको घरमा पालिएका कुखुरामा आज बर्डफ्लूको जीवाणु रहेको पुष्टि भएको जिल्ला पशुसेवा कार्यालय भद्रपुरले जनाएको छ ।

मेचीनगर–१० मा शनिबार र चार दिनअघि बाहुनडाँगी गाविसमा पालिएका कुखुरामा बर्डफ्लूको जीवाणु पाइएको थियो । यसैबीच, जिल्ला पशुसेवा कार्यालयको र्‍यापिड रेस्पोन्स टीमले आज बिहान चन्द्रगढीस्थित थापाको घरमा पालिएका कुखुरालाई नष्ट गरेको छ । सुरक्षित तवरले कुखुरा तथा कुखुराजन्य पदार्थलाई नष्ट गरिएको कार्यालय प्रमुख जगदीश पाण्डेले जानकारी गराएका छन् । कुमरखोद गाविसस्थित लिम्बूको घरमा पालिएका कुखुरालाई पनि आजै नष्ट गर्न टोली परिचालन गरिसकिएको उनले बताए ।cp.

कमेन्टहरु
Loading...