अख्तियारले 'देखेपछि' वीरका हाकिम लुके

वीर अस्पतालमा अनियमित तरिकाले कर्मचारी भर्ना गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा.दामोदर पोखरेल र अस्पतालका निर्देशक डा.बुलन्द थापा तीन सातादेखि कार्यालय आएका छैनन्।

अख्तियारले कर्मचारी भर्ना, लेखापरीक्षण, अस्पताल सेवालगायत विषयमा दर्जन प्रश्न राखेर साउन १ मा जवाफ मागेको थियो। त्यसयता न्याम्सका उपकुलपति पोखरेल र अस्पतालका निर्देशक डा. थापा कार्यालयमा जानकारी नै नदिई बेखबर रहेको आजको नागरिक दैनिकमा खबर छ ।
अस्पताल प्रशासनका अनुसार न्याम्स र कर्मचारीले पटकपटकका फोन उनीहरु उठाउँदैनन्। उपकुलपति र निर्देशक कार्यालय नआउँदा प्रशासन ठप्प छ भने कर्मचारी अकमक्क छन्।
प्रमुख बेखबर बनेपछि साउन १२ गते परेको वीर अस्पतालको १२४ औं वार्षिकोत्सवमा समेत कुनै कार्यक्रम हुन पाएन। विगतका वर्षमा प्रधानमन्त्री ल्याएर वार्षिकोत्सव मनाइन्थ्यो।
न्याम्सका रजिस्ट्रार डा. मुकुन्द पन्थीले उपकुलपति र निर्देशक दुवैले औपचारिक रुपमा बिदाको जानकारी नदिएको बताए।’उपकुलपतिले बिदा स्वीकृत मन्त्रालयबाट गराउने हो, निर्देशकले उपकुलपतिबाट तर दुवैले औपचारिक रुपमा लिखित बिदा स्वीकृत गराएको मलाई थाहा छैन,’ उनले भने, ‘उपकुलपतिले लिखित रुपमा जानकारी नदिए पनि फोनबाट भने मलाई आउदिनँ भन्नुभएको छ।’

– See more at: http://setopati.com/chapa-bata/2997/#sthash.znqF7Mk2.dpuf

कमेन्टहरु
Loading...