विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी आवाहनमा शैक्षिक संस्था बन्द

पोखरा, १४ फागुन/ नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आवाहन गरको शैक्षिक हड्तालका पोखरा र यस क्षेत्रका सबै शैक्षिक संस्था बन्द भएका छन् ।

हड्तालको आयोजनाले पोखरामा विहान क्याम्पसहरु बन्द भए पनि विद्यालयम पनि बन्द रहेका छन् । विभिन्न माग राख्दै केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तीमा १० दिने विरोध कार्यक्रम सार्वजनीक गरेका थिए ।

विप्लव निकट विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा फागुन ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको उल्लेख गरेको थियो ।

कमेन्टहरु
Loading...