विप्लव माओवादीका कार्यकता पक्राउ, तत्काल रिहाइको माग

पोखरा, २७ कात्तिक/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कास्कीमा १२ जना गोरखामा ५ जना लमजुङमा ४ जना गरि २० जना नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी गण्डकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्ताहरु पक्राउ गरिएकोमा आपत्ति प्रकट गर्दै तत्काल रिहाइको माग गरेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी गण्डककी व्युरो प्रमुख सावित्रा दुरा आस्था द्वारा हस्ताक्षरित विज्ञप्तिमा दला कास्की, गोर्खा र लमजुङवाट पार्टीका नेता कार्यकर्तालाई विना कारण गिरफ्तार गरेकाले तत्काल रिहाइको माग गरेकी छन् ।

कमेन्टहरु
Loading...