पोखरा, १२ चैत /कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनपरिषद् तमुवान संयोजकलाई मंगलबार पक्राउ गरेको छ ।
नेकपाका जनपरिषद् तमुवान संयोजक किसानसिंह गुरुङलाई पोखराको लेखनाथबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
त्यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ जना कार्यकर्ता पक्राउ गरेको छ । केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
सुनार र कुमाल आफ्नै घर र बुढा बन्दीपुरको याम्पाफाँटबाट पक्राउ गरेको हो ।