विपद उत्थानशिल परियोजना

पोखरा, ४ जेठ/बिपद उत्थानशिल समुदाय निर्माण परियोजना अन्तर्गत गठित बचत तथा ऋण समुहका लागि बचत तथा ऋण समूह व्यवस्थापन तालिम सम्पन्न भएको छ । तिन दिन सम्म चलेको कार्यक्रममा बचत तथा ऋण समूहका २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिको तर्फवाट बन्दादेवी गुरुङ्ग र बमबहादुुर गुरुङ्गले तालिमले समुदायमा चुस्त दुरुस्त रुपमा हिसाव राख्न र ऋण कसरी लगानी गर्ने भन्ने विषयमा सक्षम भएको बताए ।

कार्यक्रमका सहजकर्ता संजय लम्सालले तालिमका अवधिमा सिकेका कुराहरुलाई समुदायममा व्यवहारमा उतार्नुहुनेमा आफु विस्वस्थ बताए । परियोजनाका संयोजक वासना सापकोटाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सहभागिहरुलाई सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुभएमा कार्यक्रमले सार्थकता पाउने बताइन् । कार्यक्रमका सभापति एवं कम्यूनिटि सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङ्गले तालिमले सहभागिहरुमा क्षमता विकास गरि बचत गर्ने बानीको विकास हुनेछ र जिविकोपार्जनमा समेत यसले सहयोग गर्ने बताए ।

कमेन्टहरु
Loading...