विनिता र गरिमा नयाँ, पूजना र दीपा पुरानै खेलाडी

विजय आवाज/३ बैशाख, काठमाण्डौ । नायिका बिनिता बरालले आजसम्म फुटबल छोएकी छैनन् । सानैबाट खेलकुदमा भन्दा पनि नाच्न र अभिनय गर्नमा मन गएकाले बिनिताले फुटबल छुन पाइनन् । उनै बिनिता शनिबार आयोजना हुन लागेको कलाकार र विज्ञापन-एजेन्सी (आन)बीच हुन लागेको फुटबल खेलमा जर्सी लगाएर मैदानमा उत्रने सुरमा छिन् ।

binita-baral-football

विनिता वागमती सफाइजस्तो पवित्र कामका लागि फुटबल खेल्न लागेको बताउँछिन् । रातो जर्सीमा दशरथ रंगशालामा फुटबल खेल्न लागेकी बिनिताले भकुन्डो नछोए पनि दर्शक हाँस्नेछन्, छोए पनि हाँस्नेछन् । नायिका गरिमा पन्तलाई पनि विनितालाई जस्तै फुटबल खेलेको अनुभव छैन । उनी जीवनमा पहिलोपटक जर्सी लगाएर मैदानमा बल दौडाउने तयारीमा छिन् । रमाइलोका लागि सानोमा स्कुलमा बल खेलियो तर आजसम्म गोल गरेको छैन । garima-with-footballउनले भनिन्, हेरौं न भोलि, गोल गरिहाल्छु कि ? शनिबार हुन लागेको मैत्रीपूर्ण खेलमा फुटबल खेल्न लागेका अधिकांश नेपाली कलाकारलाई बल छोएको या खेलेको अनुभव छैन । तैपनि उनीहरु रातो जर्सीमा मैदानमा उत्रँदै दर्शकलाई मनोरञ्जन दिने प्रयासमा हुनेछन् । नायिका पूजना स्त्रीले भने स्कुलमा छँदा कहिलेकाँही फुटबल खेलेकी थिइन् । तर, मजाले बल लिएर कुदाँउन सक्ने क्षमता उनमा आइसकेको छैन । केही समय अघि कलाकार संघले झापामा गरेको फुटबल खेलमा उनले सहभागिता जनाएकी थिइन् । तर, मैदानमा छिरेपछि प्रोफेसनल हुनै पर्‍यो, गोल हान्ने चाहना राख्दै पुजनाले भनिन् ।dipashree-with-football

कलाकार दीपाश्रीसँग भने फुटबल खेलेको अनुभव छ । उनले यसअघि नै पत्रकार र कलाकारबीचको मैत्रीपूर्ण खेलमा आफूलाई राम्रै खेलाडीका रुपमा चिनाएकी थिइन् । सभासद भर्सेस कलाकारबीचक खेल हुँदा प्रचण्डले दीपालाई झण्डै लडाइदिएका थिए । दीपाले हाँस्दै भनिन्, म राम्रो फुटबल खेलाडीभन्दा पनि फुटबल खेलेर मनोरञ्जन दिने कलाकार हुँ । शनिबार आनसँग हुन लागेको खेलमा गोल हान्ने लक्ष्य दीपाको पनि छ । rekha-thapa-football

नायिका झरना थापाले पनि आफुलाई फुटबलको अनुभव नभएको बताइन् । ‘अहिलेसम्म गोल त के बल पनि राम्रोसँग छोएको छैन, तर शनिबार गोल हान्ने प्रयासमा हुनेछु’, झरनाले भनिन् । उनले सानोमा स्कुलमा बल खेलेको बताइन् । शनिबार हुने मैत्रिपूर्ण फुटबल खेलमा नेपाली सिनेमा र टेलिजिभन क्षेत्रका चर्चित कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/71881/#sthash.O4ceUg4d.dpuf

कमेन्टहरु
Loading...