काठमाडौँबाट उडेको भारतीय विमान अपहरण गर्ने पक्राउ

१३ वर्षअघि काठमाडौँको त्रिभुवन विमानस्थलबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गर्ने कार्यमा संलग्न एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ। मिराजुद्दिन भनिने जाभेद अहमदलाई भारत प्रशासित काश्मिरको किश्वतवर जिल्लामा गिरफ्तार गरिएको हो।

प्रहरीले उनी पाकिस्तानबाट नेपाल हुँदै त्यहाँ पुगेको दावी गरेको छ। सन् १९९९ मा काठमाडौँबाट दिल्ली जाँदै गरेको विमान भारतीय आकाशमा पुगेपछि अपहरण गरिएको थियो। विमानमा १८० जना यात्रु थिए। अपहरणकारीहरुले विमानलाई अफगानिस्तानको कन्दहारमा पुर्‍याई भारत सरकारसँग मोलतोल गरेका थिए।

भारत सरकारले तीन काश्मिरी विद्रोहीहरुलाई छाड्न राजी भएपछि उनीहरुले विमानका यात्रुहरुलाई छाडेका थिए। त्यसअघि उनीहरुले एक यात्रुको हत्या गरेका थिए।

(नागरिक)

कमेन्टहरु
Loading...