सुरक्षा निकायले पत्ता लगाए विप्लव र प्रकाण्ड बसेको ठाउँ

काठमाडौं, ४ चैत /विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मामा सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको बताएका छन् ।

हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीमा रहेका नेता खड्कबहादुर विश्वकमा कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

उनहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।

कमेन्टहरु
Loading...