सपिङ महल निर्माण गरेरै भएपनि सरकारले व्यवसाय गर्न दिन्छः मन्त्री लम्साल

पोखरा, १९ साउन / गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न खोज्नेहरुलाई सपिङ महल निर्माण गरेरै भएपनि राज्यले व्यवसाय गर्ने अवसर दिने बताएका छन् । शनिवार शर्वेश्वर व्यवसायी समितिको सातौँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले जनतालाई लाभ दिने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै व्यापार गर्न खोज्नेहरुलाई सपिङ महल निर्माण गरेरै भएपनि व्यापार गर्ने अवसर प्रदान गर्ने बताए ।

साधारण सभामा बोल्ने व्यापारीहरुले घरभाडा सम्बन्धि समस्या तथा घरबेटीका कारण व्यापार गर्न असहज भएको गुनासो गरेपछी मन्त्रीको यस्तो भनाई आएको हो । मन्त्री लम्सालले समय सापक्ष र व्यवसायीको भावना अनुसार सरकारले काम गर्ने भन्दै व्यापार गर्न खोज्ने जो कोहीँलाई पनि सहजता प्रदान गर्ने बताए । सरकारले व्यवसायीहरुलाई पीडित नबनाउने बताउदै उनले उद्योगी व्यापारीको पेशागत हकहित र संरक्षणको लागी प्रदेश सरकारले नयाँ ठोस नीति अवलम्बन गर्ने बताए ।

सोही अवसरमा मन्त्री लम्सालले कर छली गर्न खोज्ने जोकोहीँलाई पनि कानुनको दायरामा ल्याएर कडा कार्बाही गरेरै छाड्ने चेतावनी समेत दिए । नियमित बजार अनुगमन हुन नसक्दा पुर्ण कर उठ्न नसकेको भन्दै मन्त्री लम्सालले सरकारले अब नियमित बजार अनुगमन गरी कर नतिर्ने ब्यावसायीलाई कुनै हालतमा छुट दिन नसकिने प्रष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले पुजीँको वृद्धी गर्न स्वच्छ प्रतिस्पर्धा गनुपर्ने बताए । उनले राजनितिक संक्रमण सकिएको र व्यवस्थापकीय संक्रमणमा देश रहेको बताउदै सरकारको काम प्रति आलोचना गर्ने बेला भईनसकेको बताए । उनले सरकार गठन भएको केहीँ महिनामै अनावश्यक टिका टिप्पणी हुन थालेको प्रति असन्तुष्टी प्रकट गर्दै काम गर्न निश्चित समयावधी चाहिने बताए ।

शर्वेश्वरी व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेलले सरकारले व्यापारीहरुलाई मारमा पारेर करको दायरा बढाएकोमा असन्तुष्टी व्यक्त गरे । उनले देशको अर्थतन्त्र बलियो बनाउने भन्दा पनि करको दायरमा नआएका जति पनि उद्योगी संस्थाहरुलाई करको दायरमा ल्याई देशको अर्थतन्त्र वृद्धि गर्नुपर्नेमा जोड दिए । देशको अर्थतन्त्र बलियो बनाउदै आएका व्यवसायीहरुलाई राज्यले सहजपुर्ण किसिमले व्यापार व्यवसाय गर्ने वातावरण मिलाउनुपर्ने उनको भनाई थियो । उनले घरभाडा सम्बन्धमा पनि सरकारले ध्यन दिनु पर्ने बताए ।

कमेन्टहरु
Loading...