बिजुली चोर्ने थप पक्राउ

काठमाडौ, १५ माघ /प्रहरीले बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको आजको कान्तिपुरमा खबर छ ।

महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ । विजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारीले मात्रै पाउने नीतिगत व्यवस्था छ ।

पक्राउ परेका लामालाई महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ । महाशाखाले गत माघ ९ गते प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो ।

त्यस्तै टोलीले इमाडोलमा रहेको रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा पनि छापा मारेको थियो । सञ्चालक लुनिया फरार रहे पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बरामद गरेको छ ।

कमेन्टहरु
Loading...