विकास अभियानमा जनता जोडिनु पर्ने ः मुल्मी

पोखरा, २९ चैत / नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विकासलाई जनतासँग नजोड्ने हो भने विकासले गति लिन नसक्ने बताएका छन् ।

विकास अभियानमा जनता जोडिनु पर्ने ः मुल्मी
विकास अभियानमा जनता जोडिनु पर्ने ः मुल्मी

पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको संघिय बजेटमा प्रदेश नम्बर ४ को आवश्यकता र अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक स्थिति चलायनमान बनाउन राजनीतिक दल, नागरिक समाज तथा निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए ।

आगामी बजेट संघियता कार्यान्वयन गर्ने बजेट भएको चर्चा गर्दै उनले प्रदेश, स्थानीय निकाय र केन्द स्वयंलाई विनियोजित हुने विकास बजेटलाई कसरी खर्च गर्न सकिन्छ भन्नेबारे योजनाहरु बनाउनु जरुरी रहेको समेत बताए । ‘ चार नम्बर प्रदेशले गत आर्थिक वर्ष २०७१÷०७२ मा १७ प्रतिशत मात्र पूँजीगत खर्च प्राप्त ग¥यो भने विदेशी दाताहरुबाट आउने सहयोग पनि ५दशमलव ५ प्रतिशत मात्र प्राप्त भयो’, उनले भने,‘अब प्रदेश नम्बर ४ ले पूँजीगत खर्च बढाउने अवस्था सृजना गर्नुपर्छ ।’ यसका लागि प्रदेश सरकारले राजश्व बृद्धि लगायतका क्षेत्रमा काम गर्नुपर्ने उनको धारणा थियो ।

उनले प्रदेशको राजधानी तोक्ने काम तत्काल हुनुपर्ने बताए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले विकास बजेट खर्च नहुने परिपाटीेको अन्त्य गर्दै पूँजीगत खर्च सक्दो बढी खर्च गर्ने संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुन लागेको सन्दर्भ जोड्दै अध्यक्ष थापाले विमानस्थल निर्माणपछि यो क्षेत्रको विकासले गति लिने आशा व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघ राजश्व परामर्श उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य नारायण कोइरालाले व्यवसायिक कृषिमा लगानी, सडकहरुको स्तरोन्नति, पर्यटकहरुको बसाई लम्ब्याउनको लागि पर्यटन क्षेत्रमा पूर्वाधार विकास, अटो क्षेत्रलाई व्यवस्थित गर्न अटो भिलेजको स्थापना हुनुपर्ने धारणा राखे ।

उनले आउँदो बजेटलपे करको दर हैन दायरा बढाउनु पर्ने निजी क्षेत्रको माग रहेको प्रष्ट पारे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखे, दामु अधिकारी, व्यवसायीहरु माधवप्रसाद पौडेल,धनीराम बराल,देवबहादुर भुजेल, वीरभद्र आचार्य, यमप्रसाद पौडेल, प्रेम भुजेल लगायतले आगामी बजेट व्यवसायी मैत्री हुनु पर्ने धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...