बजेट भाषण जारी, संविधानसभा निर्वाचनका लागि १६ अर्ब

काठमाडौं, असार ३० – नयाँ नारा र कार्यक्रम नथपी सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सिंहदरवारमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । बजेटमा संविधानसभा निर्वाचन, ऊर्जा, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, लगानी प्रबर्द्धन, सुशासन प्राथमिकतामा परेका छन् । सरकारले आगामी संविधानसभा चुनावका लागि १६ अर्ब बजेट छुट्याएको छ ।

संक्षेपमा बजेट

 

·    सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट बजेट भाषण सुरु भएको छ । हलमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, उच्च अधिकारीहरुको उपस्थिति छ ।

·    अर्थसचिवले बजेट भाषण कार्यक्रमबारे जानकारी दिएका छन् ।

·    अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट भाषण सुरु गरेका छन् ।

·    निर्वाचित भावी सरकारलाई निरन्तता दिने हिसावले बजेटको तयारी भएको अर्थमन्त्रीको भनाइ ।

·    सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने ।

·    संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने ।

·    जलविद्युत, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, निजी क्षेत्रका लागि लगानी प्रबर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन प्राथमिकता ।

·    संविधानसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालगायतका लागि १६ अर्ब छुट्याइएको छ ।

·    राष्ट्रिय गौरवका आयोजनमा बजेट बृद्धि । केही कार्यक्रम थप ।

·    गौतम बुद्ध, पोखरा विमानस्थलका लागि, निजगढमा विमानस्थल बनाउन आवश्यक बजेट विनियोजन ।

·    कलंकी-कोटेश्वर सडकलाई ८ लेन बनाइने, ५१ करोड छुट्याइयो ।

·    विभिन्न निर्माणाधिन सडकका लागि पनि रकम विनियोजन ।

·    सवारी दर्ता कागजलाई स्मार्ट कार्डमा परिवर्तन गरिने ।

·    ३१ हजार युवालाई तालिमका लागि ६१ करोड विनियोजन ।

·    निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।

·    प्राकृतिक विपद्मा परेका विद्यालयलाई बजेट विनियोजन ।

·    ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।

 

कर्मचारीको तलब वृद्धिलगायतमा विवाद भएपछि आइतबार बिहानमात्र बजेटलाई अन्तिम रुप दिइएको थियो । सरकारले तीन वर्षपछि कर्मचारीको तलव वृद्धिको तयारी गरेको छ । यसअघि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट) लाई अनुमोदन गरेको थियो । मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेपछि यसैगरी वजेटसँग सम्बन्धित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश राष्ट्रपति रामवरण यादवसमक्ष  सिफारिस गरेको थियो । राष्ट्रपतिले आइतबार नै अध्यादेश अनुमोदन गरेपछि सरकारले सार्वजनिक गर्न लागेको हो ।

– See more at: http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.MKxsfkpj.dpuf

कमेन्टहरु
Loading...