सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनमा ५४ जना चौथो चरणमा प्रवेश

रेम बिक/पोखरा, २९ जेठ/सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको चौथो सँस्करणमा ५४ जना गायन प्रतिभाहरुले प्रवेश पाएका छन् । दुई दिनसम्म चलेको तेस्रो चरणको अडिसनबाट छानिएर उनीहरुले चौथो चरणमा प्रवेश पाएका हुन् । तेस्रो चरणको अडिसनमा कुल ७६ जना प्रतियोगीहरुले आफ्नो गायन प्रतिभा देखाएका थिए । ४८ जिल्लाका कुल ७ सय ७० जना प्रतिस्पर्धीहरु बाट विभिन्न चरण पार गर्दैै ७६ जना प्रतिस्पर्धीहरु तेस्रो चरणका लागी छनौट भएका थिए ।

तेस्रो चरणको अडिसनमा पहिलो दिन २२ जना र दोस्रो दिन ३१ जनाले
अघिल्लो चरणको लागी कार्ड प्राप्त गरेको एफएमले जनाएको छ । चौथो
चरणको लागी कार्ड प्राप्त गर्ने प्रतिस्पर्धीहरुले बुधबार र विहिबार दुई दिन
अडिसन दिने गरि सेड्युल बनेको एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले
जानकारी दिए । उनका अनुसार तेस्रो चरणको अडिसनमा पहिलो दिन छानिएका
प्रतिस्पर्धीहरुले बुधबार दिउँसो तीन बजेदेखि अडिसन दिनेछन् भने दोस्रो दिन
छनौट भएका प्रतिस्पर्धीहरुले विहिबार दिउँसो अडिसन दिनेछन् ।

एफएमले दिएको जानकारी अनुसार फाईनल राउण्डसम्म पुग्नका लागी
प्रतिस्पर्धीहरुले अझै १५ चरणको अडिसन दिनुपर्नेछ । चौथो सँस्करणको विग
आईकनमा संगीतकर्मी सुनील थापा र गायक विनोद बाँनिया निर्णायकको रुपमा
रहेका छन् । यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य
बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार
रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ ।

चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी
ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन
गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै
आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य
गरिरहेको छ ।

 

कमेन्टहरु
Loading...