चौथो विग आइकनलाई थ्री वाई मङ्गकीज गजलकोे सम्मान

पोखरा, १२ साउन/सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३ को उपाधी हात पार्ने, फस्ट रनरअफ र सेकेन्ड रनरअफलाई पोखराको लेकसाइडमा रहेको थ्री वाई मङ्गकीजले सम्मान गरेको छ । ४८ जिल्लाका कुल ७ सय ७० प्रतिस्पर्धीलाई पछाडी पार्दै विजेता बनेकी मुस्कान रानाभाट, फस्ट रनरअफ मिलन गुरुङ्ग र सेकेन्ड रनरअफ लक्ष्मी थापालाई थ्री वाई मङ्गकीज गजलले सम्मान गरेको हो ।
big iconउनिहरुलाई अबिर, खादा र सम्मानपत्रले सम्मान गरेको हो । उनिहरुलाई गजलका सन्चालका दिपक परियार, म्यानेजर सुनिल गुरुङ्ग र गजलका गायक आर्शिषदास दियालीले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा सन्चालक दिपक परियारले प्रतियोगिताले नव प्रभिवान कलाकारलाई बाहिर ल्याउने काम गरेको बताए । उनले यस्ता खाले कार्यक्रमले नयाँ प्रतिभा जन्माउने बताउदै विग एफ एमले विग आइकनलाई निरन्तरता दिदै आएकोमा खुसि व्यक्त गरे ।
कार्यक्रममा थ्री वाई मङ्गकीज गजलका म्यानेजर सुनिल गुरुङ्गले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागी आफुहरुले सम्मान कार्यक्रम राखेको बताए । उनले सम्मानले उनिहरुलाई गायन क्षेत्रमा नै रहिरहन सहयोग पुग्ने बताए । त्यसै गरि गजलका गायक एवं तेस्रो विग आईकनका फस्ट रनरअफ आशिष दास दियालीले विग आइकनले नयाँ कलाकारलाई स्थान दिएकोमा धन्यबाद दिदै गायन क्षेत्रमा लागी रहन प्रेरणा मिलेको बताए ।
चौथो सँस्करणको विग आईकनको उपाधीसंगै मुस्कानले एक लाख पचास हजार रुपैँया बराबरको पियाजियो स्कुटर र बेलायत भ्रमणको मौका पाएकी छन् । त्यसै गरि प्रतियोगितामा मिलन गुरुङ फस्ट रनरअप बन्दै ७५ हजार रुपैँया नगद प्राप्त गरेका थिए भने सेकेन्ड रनरअप थापाले ५० हजार रुपैँया नगद प्राप्त गरेकी थिइन् ।
चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको थियो भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको थियो । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा रहेको थियो ।
 

कमेन्टहरु
Loading...