कमाउन हिँडेको दुई दिनमै बाकसमा फिर्ता

काठमाडौ, ५ वैशाख/खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्ष्मी राई दुबई जाने अन्तिम तयारीमा थिइन् ।

अहिले राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन् । आजको नागरिक दैनिकमा खबर छ ।

गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गयो ।

विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट विदा भएकी लक्ष्मीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन् ।

विदेशबाट बहिनीले पठाएको पैसा बुझ्ने आसमा आशिर्वाद लिएर बिदा गरेका दाइ अभयकुमार राईले उल्टै बहिनीको शव बुझ्नुपर्‍यो । समस्या परेका बेला पैसा पठाइदिन्छु भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्‍याइयो ।

कमेन्टहरु
Loading...