चुनाव चैतमा सार्ने वैद्यको प्रस्ताव

काठमाडौं,२८ भदौ, राष्ट्रपतिले आहृवान गरेको सर्वदलीय बैठकमा नेकपा(माओवादीले संविधानसभाको चुनाव चैतमा सार्ने प्रस्ताव अगाडी सारेको छ । चुनाव सहित ४ बुँदे लिखित प्रस्ताव पेश गरेको छ । अन्तरिम संविधानको धारा ३८ (१) अनुसार अघि बढे खिलराज रेग्मीकै नेतृत्वको सरकार स्वीकार गर्ने माओवादीको प्रस्तावमा छ ।
शीतलनिवासमा शुक्रबार झण्डै ४ घण्टासम्म चलेको सर्वदलीय बैठकमा माओवादी अध्यक्ष मोहन बैद्य किरणले ३३ दलीय मोर्चाका तर्फबाट सहमतिका लागि ४ बुँदे लिखित प्रस्ताव राखेका थिए । एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले बोलेपछि वैद्यले त्यस्तो प्रस्ताव राखेका थिए ।bida
 

कमेन्टहरु
Loading...