तेश्रो राष्ट्रिय विच भलिवल प्रतियोगिताको तयारी पुरा, १८ टोली सहभागि

पोखरा, २६ असोज /पोखरामा पहिलो पटक आयोजना हुने तेश्रो संस्करणको राष्ट्रिय पुरुष विच भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल भलिवल संघको आयोजनामा असोज २९ देखि कार्तिक १ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराएको हो । प्रतियोगितामा ३ विभागिय सहित १८ टोलीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ, त्रिभुव विश्व बिद्यालय र पाँच विकास क्षेत्रका २÷२ टोली गरी १८ टोलीको सहभागिता रहने संघले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ एवम कास्की जिल्ला भलिवल संघको व्यावस्थापनमा प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाईने भएको प्रतियोगिता संयोजक रामनाथ भण्डारीले बताए । प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोश्रो हुनेले १५ हजार, तेश्रो हुनेले १० हजार र सान्तोना टोलीले ५ हजार रुपैया साथमा मेडल प्रमाण पत्र पाउने भएका छन् ।

संघको यस अघि काठमाण्डौको गौशालामा प्रथम, नेपालगन्जको बाँकेमा दोश्रो संस्करण सम्पन्न गरी सकेको छ भने पोखरामा तेश्रो संस्करण भएको नेपाल भलिवल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए । गत बर्षको विजेता नेपाल पुलिस हो । पोखराको पर्यटकीय स्थल फेवातालको किनारा बाराहीघाटमा पश्चिम पृतना हड्डाले हालै निमार्ण गरेको विच भलिवल कोर्टमा प्रतियोगिता संचालन हुने छ । तीन दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न करीब ८ लाख २५ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

पश्चिमाञ्चलका खेलाडीहरु भने करीब दुई हप्तादेखि प्रशिक्षणमा रहेका छन । राष्ट्रिय खेलाडी टहलसिंह थापा मगरको नेतृत्वमा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेको प्रतियोगिता सचिवालय संयोजक डिवि नेपालीले बताए । पश्चिमाञ्चलको टोलीलाई जाईका नेपालका सिनियर भोलेन्टीयर नेमोतो सिगेस्ले प्रशिक्षण गराउदै आएका छन ।

सोही अवसरमा पर्यापर्यटनबाट हालै सम्मानित भएका पोखराका स्वत्रन्त्र फोटो पत्रकार सुदर्शन रञ्जितलाई खादा लगायर सम्मान गरीएको छ । खेल संयोजक भण्डारीले रञ्जितलाई खादा लगायर बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन ।

कमेन्टहरु
Loading...