ललितपुरलार्इ केन्द्र बनाएर भूकम्प

काठमाडौं, २७ चैत/काठमाडौंमा शनिबार साझँ भूकम्पको धक्का महसुस भएको छ। शनिवार बेलुकी ७ बजेर ५ मिनेटमा ललितपुरको भैसेपाटीलार्इ केन्द्रविन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नयाँ भूकम्प नभइ पराकम्प मात्रै भएको बताए। भूकम्पको केन्द्रविन्दु ललितपुरको भैसेपाटी भएकाले पनि उपत्यकामा केही बेर हल्लाएको उनले बताए।

पछिल्ला केही दिनमा आएका पराकम्पमा भन्दा यो धक्का निकै ठूलो हो। भूकम्पले हल्लाएपछि उपत्यकाका अधिकांश मानिस सडकमा निस्किएका थिए।

गत वैशाख १२ गते गोरखालार्इ केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्प यता पराकम्पन जाने क्रम रोकिएको छैन। गत वैशाख १२ यता अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय ४६ पराकम्प गइसकेका छन् ।

कमेन्टहरु
Loading...