धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार बिहानै दुईवटा भुकम्प

धादिङ, ११ बैशाख​/ धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार बिहानै दुईवटा भुकम्प गएका छन् । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलपव २ रेक्टर स्केलको पहिलो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै, धादिङको नौबिसे नै केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको अर्को परकम्प पनि गएको छ ।११ मिनेटभित्र दुईवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो ।ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।

कमेन्टहरु
Loading...