भरतपुरमा मतगणनस्थलमा तनाब, मतपत्र च्यातियो, मतगणना स्थगित#LocalPolls2017

भरतपुर, १५ जेठ/भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्याते पछि मतगणना स्थगित भएको छ । माओवादी केन्द्रका प्रतिनिधीले मतपत्र च्यातेपछि गठना स्थगित भएको छ ।

एमाले र माओवादी काँग्रेस गठबन्धनका कार्यकर्ताबीच तनाव सिर्जना भएपछि प्रहरीलाई स्थिति सम्हाल्नहम्मे हम्मे परेको थियो । प्रहरीले मतगणनास्थलमा लाठीचार्ज गरेर सबैलाई निकालेर ताला मतगणनास्थगित गरे ताला लगाएका छन् ।

वडा नम्बर १९ को जारी मतगणनामा मतपत्र च्यातेका थिए । अहिलेसम्मको मतगणनामा एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । वडा नम्बर १९ मा २८ सय ६० मत खसेको थियो । वडाको १८ सय मतगणना हुँदा माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली ७३३ मतले अगाडि छन् ।

कमेन्टहरु
Loading...