पृथ्वीनारायण क्याम्पसमा विविए पढाइ हुने

पोखरा, ५ भदौ/ पृथ्वीनारायण क्याम्पसमा नयाँ सत्रबाट विविए पढाइ हुने भएको छ । त्रिभुवन विश्व विद्यालय फ्याकेल्टी बोर्डको मंगलबार बसेको बैठकले पृथ्वीनारायण क्याम्पसमा विविए पढाइ सन्चालन गर्न अनुमति दिएको पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रखुम गेहेन्द्रश्वर कोइराल बताए । क्याम्पसबाट विदाइ भै जान लागेका प्राध्यपकहरुको विदाइ कार्यक्रम क्याम्पस प्रमुख कोइरालाले जानकारी दिएका हुन् ।

पृथ्वीनारायण क्यापसबाट अनिवार्य अवकास पाएका साहेक क्यापस प्रमुख अमितलाल श्रेष्ठ र सह प्राध्यपक विष्णु गोपाल प्रधानलाई एक कार्यक्रमका विच विदाई भएको छ । विदाइ कार्यक्रममा क्याम्पस प्रमुख कोइरालाले दोसल्ला, फुलमाला र प्रमाणपत्र र नेपाल प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइ सभापति डाक्टर यमनाथ तिमिल्सिनाले टोपि र अबिर लगाएर विदाई गरेका थिए ।

विदाई कार्यक्रममा स्ववियु सचिब दिलिप न्यौपाने, नेपाल प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइ सभापति डाक्टर यमनाथ तिमिल्सिना, त्रिवि कर्मचारी संघ पृथ्वीनारायण क्याम्पसका राम राणा, व्यवस्थापन विभागका विरबहादुर कार्की, रसायन शास्त्र विभाग प्रमुख सह प्रध्यापक हुतराज शर्मा, पुर्व साहेक प्रमुख प्रवित्रमणि पौडेल लगाएतले प्रध्यापकहरुका क्याम्पस प्रतिको योगदानका बारेमा चर्चा गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रखुम गेहेन्द्रश्वर कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत प्रा. डा. देवेन्द्र बहादुर लामिाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत प्रा. डा. देवेन्द्र बहादुर लामिछाने र सन्चालन नन्दलाल अधिकारीले गरेका थिए । विदाइ भएर जानलागेका प्राध्यपकहरुको जिवनीको बारेमा डाक्टर पुष्पराज शर्मा र अकलदेब मित्रले चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...