बारपाकमा करिब ३ सय सिजनल फ्लुका बिरामी, एक बालिकाको मृत्यु

गोर्खा, १ भाद्र/गोरखाको बारपाक गाउँमा बिगत ११ दिनदेखि फैलिएको सिजनल फ्लुबाट बुधबार एक बालिकाको मृत्यु भएको छ ।

साबिक बारपाक ७ की ३ बर्षिय बालिका सुप्रिया गुरुङको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । बिगत १५ दिनदेखि बालिका ज्वरो आएर विरामी परेकी उनलाई निमोनियाले पनि समातेको थियो ।

बारपाक गाउँमा करिब ३ सय जना मौषमी फ्लुबाट बिरामी परेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । बिरामीहरुमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

कमेन्टहरु
Loading...