बारको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी (सबैको मत परिणम सहित​)

काठमाण्डौ २१ चैत्र/ / कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।प्रतिद्वन्द्वी बृहत् लोकतान्त्रिक समूहका उम्मेदवार सुनिलकुमार पोखरेललाई १४९ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ४०२२ मत ल्याएर विजयी हुदाँ पोखरेलले ३८७३ मत प्राप्त गरेका छन् ।

अध्यक्ष सहित अधिकांश पदमा प्रगतिशील प्यानलका उम्मेद्वार विजयी भए पनि महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेलले जित हात पारेका छन् । उनले वामपन्थी समूहका उम्मेद्वार सुरेन्द्र बहादुर थापालाई पराजित गरेका छन् । पौडेलले ४१८७ मत प्राप्त गर्दा मगरले ३७०१ मत प्राप्त गरेका थिए ।

२५ सदस्यीय कार्यसमितिमा प्रगतिशील समूहले अध्यक्ष सहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ जना सदस्यमा पनि विजय हासिल गरेको छ ।लोकतान्त्रिक समूहले चाहिँ प्रदेश–५ को उपाध्यक्षसहित महासचिव गरी दुई स्थानमा मात्र विजय हासिल गरेको छ ।

सबैको मत परिणम
सबैको मत परिणम
कमेन्टहरु
Loading...