बैंकले बढाएको ब्याजदर दुई वर्षसम्म घट्दैन -बैंकर्स

पोखरा, २५ चैत्र/बैंकिङ क्षेत्रमा बढेको ब्याजदर अगामी २ वर्षसम्म निरन्तर रहने बैंकर्सहरुले बताएका छन् । आई.वि.एन. मिडिया एण्ड रिसर्चको आयोजनामा पोखरामा भएको लगानीको संम्भावना र चुनौतीहरु विषयक कार्यक्रममा बैंकस्हरुले त्यस्तो बताएका हुन् ।

नेपाल डेभलोमेन्ट बैंकस् एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बैंकहरुमा बढ्दै गएको ब्याजदर आगामी दुई वर्षसम्म निरन्तर रहने दावी गरे । उनले लगानीलाई हेर्दा अहिले नै घटिहाल्ने स्थिती नरहेको बताए ।

बैंक तथा वित्तिय संस्थाहरुले पोखरा आसपासका क्षेत्रमा १ सय २ अर्ब लगानी गरेको बताए । पोखरामा लागनी गर्न बैंकहरुले अनेत्रैबाट पोखरामा डिपोजित ल्याउने गरेको बताए । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नारायण पौडेलले वित्तिय संस्थाहरु आफ्नो मापदण्डामै रहेर लगानी गर्न सुझाव दिए ।

उनले जनताको पैसालाई सुरक्षीत गर्नकै लागि बैंकहरुलाई राष्ट्रबैंकले कडाई गरेको बताए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका अर्थ शास्त्र विभागका प्रमुख यादव शर्मा गौडेलले राजनैतिक स्तिरता हुन नसक्दा देशमा विदेशी लागनी आउन नसकेको बताए । उनले लगानीको ग्यारेन्टीको सुरक्षा राज्यले गर्ने वातावरण नगरेसम्म देशमा ठूला उद्योग कलकारखाना संञ्चालन हुन नसक्ने बताए । देशमा उत्पादित विजुलीमध्ये पश्मिाञ्चल क्षेत्रमा ३ सय २७ मेगावाट विजुली उत्पादन भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...