वाङ्मय प्रतिष्ठानलाई बड्डलादेशमा निम्तो

पोखरा, ११ वैशाख /अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखरालाई बड्डलादेशबाट सांस्कृतिक भ्रमणको लागि निमन्त्रणा आएको छ। बड्डलादेशको प्रकाशन संस्था ओइको लिमिटेडले मैत्रीपूर्ण भ्रमणको लागि प्रतिष्ठानलाई निमन्त्रणा पठाएको हो।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, प्राज्ञ हरिदेवी कोईराला, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, लोकगायक पद्मराज ढकाल, साहित्यकार राजेन्द्र गुरागाईँ, दुर्गा दाहाल, कृष्ण भण्डारी “मुमुÔु”, रीता पहारी, जैनव खातुन, लोकचन्द्र खनाल, धर्मराज पौडेल “अल्पायु”, लोकगायक धनबहादुर गायक, नृत्य कलाकार सन्तोष तामाङ र प्रीति गुरुङलाई संयुक्तरूपमा उक्त निमन्त्रणा प्राप्त भएको छ।

वैशाख १८ गते बड्डलादेशको राजधानी ढाकामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ। यसैगरी नेपाली सांस्कृतिक टोलीको सम्मानमा बड्डलादेशस्थित नेपाली राजदूतावासले वैशाख २१ गते कार्यक्रमको आयोजना गर्ने बंगलादेशका लागि नेपाली राजदूत तेजप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । साताव्यापी सो भ्रमणका लागि सो टोली यही वैशाख १७ गते पोखराबाट ढाका प्रस्थान गर्ने जनाइएको छ ।

 

कमेन्टहरु
Loading...