लेखनाथको राखीसिलिङ्गे वनमा आगोलागी

पोखरा, २४ चैत्र/कास्कीको लेखनाथ नगरपालीका ५ सिलिङ्गेमा रहेको वनमा आगोलागी भएको छ । राखिसिलिङ्गे वन उपभोक्ता समुहको बनमा आगोलागी भएको स्थानीय विकास रानाभाटले जानकारी दिए । राखिसिलिङ्गे वनमा नजिकै रहेको व्यक्तिगत वनबाट आगोलागी भएको स्थानीयले बताए । अहिले सम्म करिब एक किलो मिटर क्षेत्रमा आगोलागी भएको रानाभाटले जानकरी दिए ।

आगो नियन्त्रणका लागी स्थानीबासी, नेपाली प्रहरी र शसस्त्र प्रहरीले आगो निभाइ रहेको भए पनि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । आगोलागीबाट वनमा रहेका विभिन्न प्रजातिको रुख, विरुवा र जडिबुटि नस्ट भएको छ । उक्त वन १ सय ९१ हेक्टरमा फैलिएको छ ।

कमेन्टहरु
Loading...