रोट्रक्याट क्लव अफ पोखराद्धारा बालमन्दीर स्कुलमा ब्लड ग्रुपिङ

पौष ५, पोखरा /रोट्रक्याट क्लव अफ पोखराले पोखराको नदिपुरमा अवस्थित बालमन्दीर स्कुलमा अध्ययनरत विद्यार्थीहरुको ब्लड ग्रुपिङ गरेको छ । डीआरआर प्रोजेक्ट अन्तर्गत अनिल श्रेष्ठको नामबाट क्लवले विहिवार र शुक्रवार कक्षा ८ र ९ मा अध्ययनरत २ सय जना विद्यार्थीहरुको ब्लड ग्रुपिङ गरेको हो ।

आफ्नो रगतको ग्रुपको बारे विद्यार्थीहरुलाई जानकारी दिइ आगामी दिनमा पर्ने सक्ने दुर्घटना रगत आवश्यक परेमा सजिलो होस भनेर सो ग्रुपिङ गरिएको कार्यक्रम संयोजक रोटरीयन सुन्दर अधिकारीले जानकारी दिनुभयो ।

रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरीयन रोश बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा बालमन्दिर उच्च माविका सह–प्रधानाध्यापक भिष्म लामिछाने, शिक्षक सुजन ओझा, रोटरियन शिरु भूर्तेल, रोट्रक्यटर विवेक घिमिरे, रोट्रक्याट क्लव अफ अन्नपूर्णका सचिव रो.राजेश अधिकारी लगायत रगत लिन र दिनका लागि ब्लड ग्रुपिङ अति आवश्यक पर्नेमा जोड दिएका थिए । मेट्रो सिटी हस्पिटलको प्राविधिक सहयोगमा ब्लड ग्रुपिङ कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...