पोखरामा दशावतार वालन प्रदर्शन हुने

पोखरा, ११ माघ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीले यही माघ १३ गते शनिवार पोखरा सभागृहमा निःशुल्क दशावतार बालन लोकनाटक प्रदर्शन गर्ने भएको छ । प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी यसको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी पनि दिएको छ । कार्यक्रममा लोकनाटक प्रदर्शन आगामी शनिवार  पोखराको पृथ्वीचोकबाट झाँकीसहितको ¥याली निकालिने जानकारी दिईयो । सो अवसरमा प्रतिष्ठानका सल्लाहकार डा. कुशुमाकर न्यौपानेले दशावतार बालन लोकनाटकको विषयमा प्रकाश पारेका थिए । उनले सो बालनमा दश अवतारहरुको कथा गाथा, गीत, संवाद र अभिनयका साथमा प्रस्तुत हुने जानकारी दिए । उनले भने–‘यो नेपालको संस्कृति र समाजशास्त्रिय अध्ययनको विषय पनि हो ।’

डा. न्यौपानेको यस लोकनाटकको अनुसन्धान गरी वि. स. २०६९ भदौमा ‘दशावतार बालन लोकनाटक’ नामको कृतिसमेत प्रकाशन गरिसकेका छन् । दशावतार बालन लोकनाटक हिन्दु धार्मिक मान्यतासँग सम्बन्धित छ । यसमा हिन्दु धार्मिक मान्यताअनुसार भगवानका मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतारहरु प्रदर्शन गरिन्छ । नेपालको अन्य भागमा प्रायः लोपोन्मुख अवस्थामा रहेको यो पाल्पाको रामपुरमा अहिले पनि प्रचलित छ ।

कार्यक्रममा रामपुरबाट नै लोकनाटक प्रस्तुत गर्न चार दर्जन कलाकारहरुको उपस्थिति रहने संस्थाका अध्यक्ष हनिफ मियाँले जानकारी दिए । लोकनाटकका कलाकारहरुले पा्रचीन र गाउँघरमा पाईने सामग्रीहरुको प्रयोग गरी अभिनय प्रस्तुत गर्ने उनले बताए ।

नेपाली वाङमयको विकास र लोककवि अलि मियाँका योगदानहरुलाई जनमानसमा पु¥याउन प्रतिष्ठानको स्थापन भएको हो । प्रतिष्ठानले यस लोक नाटक प्रदर्शन गर्ने समूहलाई वि. स. २०६७ मा निःशुल्क भेषभुषा प्रदान र सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष हनिफ मियाँको अध्यक्षयतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव फडिन्द्र अकिञ्चनले गरेका थिए । यस लोकनाटकको प्रदर्शनको लागि एक लाख पचाँस हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।

कमेन्टहरु
Loading...