दुई बालिकामाथि बलात्कार

राजविराज, माघ २८ – सप्तरीमा एकै दिन दुई बालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको पिप्रापूर्व गाविसकी दुई जना बालिकाको एकैसाथ बलात्कार भएको हो । सप्तरीस्थित पिप्रापूर्व गाविस अन्तर्गत कोशी टप्पु वन्यजन्तु आरक्षभित्र गुइठा टिप्न गएकी १० र ११ बर्षीय बालिकाको दुई युवा मिलेर बलात्कार गरेको पीडित बालिकका परिवारजनले जानकारी दिए । 

घर नजिकै कोशी टप्पु भएको र साँझको समयमा गत बिहीबार गुइठा टिप्न गएकी दुई बालिकाको अपरिचित दुई युवक मिलेर जर्बजस्ती करणी गरेका हुन् । बलात्कृत बालिकाहरुका अनुसार कोशी टप्पुको पलार क्षेत्रमा गुइठा खोजिरहेको बखत आएका दुई जना युवाहरुले एक्कासी पछाडिबाट समातेर लडाएको बताएकी छिन् ।

पहिला ११ बर्षीया साह थरकी बालिकालाई एक युवकले जर्बजस्ती करणी गर्न थालेको एक मिनेट नबित्दै ती युवकसँगै आएका अर्काे युवकले खंग थरकी १० बर्षीया बालिकालाई करणी गरेको बालिकाहरुलाई उदृत गर्दै उनको परिवारजनले जनाएको छ ।

बालिकाहरु रोएकराएपनि नजिकै कुनै मान्छे नभएका कारण बचाउ हुन नसकेको स्थानीयहरुको भनाइ छ । करणी गर्ने युवकहरुलाई चिन्न नसकिएको बालिकाद्वयको भनाइ छ । दुबै बालिका पिप्रा पूर्व गाविस वडा नम्बर ६ की बासिन्दा हुन् । घटनापछि बालिकाद्वयका परिवार करणी गर्ने युवकको खोजी गरी कारबाहीको माग गरेको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले दुवै बालिकाको गत शुक्रबार बिहान राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मेडिकल जाँच गराइएको र घटनाको अनुसन्धान भइरहेको बताए । बालिकाद्वयको बलात्कार गर्नेहरुको खोजी भईरहेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । cp.

कमेन्टहरु
Loading...