गाउँ बाल मञ्च कृस्तीद्धारा छात्रबृत्ति बितरण

पोखरा, २९ जेठ/बालश्रम बिरुद्धको दिवसको अवसरमा गाउँ बाल मञ्च कृष्तीले कृष्तीनाच्नेचौर गाबिसका सातजना बालबालीकालाई छात्रबृत्ति स्वरुप स्टेशनरी तथा झोला बितरण गरेको छ । गाउँ बाल मञ्च कृष्तीका अभियान संयोजक अञ्जली थापाको संयोजकत्वमा भएको छात्रबृत्ति बितरण कार्यक्रममा कृस्ती गाबिसका बिपन्न परिवारका तारा नेपाली, निरज थापा, अनिमेष थापा, युवराज थापा, प्रतिभा थापा, कृष खत्री र अप्सरा कुँवर गरी सात जनालाई नियमित बिद्यालय पठाउने उद्देश्यले छात्रबृत्ति बितरण गरेका थिए ।

कृष्ती गाबिसका सचिव दयाराम लामिछानेले बालबालीकाहरुलाई छात्रबृत्ति बितरण गरेका थिए । कार्यक्रममा बिद्यालय जान नसकेका र बिद्यालय नियमित नभएका बालबालीकालाई गाउँ बाल मञ्च कृष्तीले बर्षेनी नियमित रुपमा सञ्चालन गरेको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको गाउँ बाल मञ्चका अभियान संयोजक अञ्जली थापाले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...