तिन दिने बाल पत्रकारिता तालिम

पोखरा, २९ मंसीर /बालहितकारी परियोजना नेपाल अन्र्तगतको ज्योति सडक कार्यक्रमको आयोजनामा तिन दिने बाल पत्रकारिता तालिम सम्पन्न भएको छ । कठिन परिस्थितीमा रहेका बालबालिकाको आम संञ्चारमा पहुचँ बृद्धि गनुका साथै लुकेर रहेको प्रतिभा र क्षमतालाई बाल सृजना त्रौमासिक पत्रिकामा समाबेश र प्रकाशन गर्ने मुख्य उद्देश्यका तालिमको आयोजना भएको थियो ।पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनिकरण कार्यक्रम, शक्ति समूह, ज्योति ब्यबसायिक तालिम केन्द्र, ज्योति सडक कार्यक्रम, भ्वाईस अफ चिल्ड्रन कोठमाण्डौ, स्टार बाल गृह, नगर स्तरिय बाल संरक्षण समितिका गरि १८ बालबालिकाको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण किडआशा कार्यक्रम ब्यबस्थापक जेरेमी साउथन, ज्योति सडक कार्यक्रमकी कार्यक्रम संयोजक निमा गुरुङ्ग, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनिकरण कार्यक्रमका भक्त रसाइली र पुर्व बाल पत्रकार हेमराज अधिकारी र लिला लामाले सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...