श्रमिकबालबालिकाहरुकालागिजीवनउपयोगी सीपतालिम समापन

पोखरा, १४ कार्तिक/पोखरा उद्योग बाणिज्य संघ÷ बालश्रम न्यूनिकरण परियोजनाको आयोजनामा बुधबार संचालन गरिएको जीवन उपयोगी सीप सम्बन्धी दूई दिने तालिम विहिबार सम्पन्न भएको छ । तालिममा परियोजनाद्धारा पोखरा उपत्यकाभित्र संचालितबालश्रमिकहरुको विभिन्न सात वटा सम्पर्क केन्द्रहरुबाट २० जना बालबालिकाहरु सहभागि भएका थिए ।
जीवनउपयोगी सीपको माध्यमबाट घरेलुश्रममा रहि परियोजनाको सहयोगमा विद्यालय भर्ना भएका बालबालिकाहरुको व्यवहारमा सकरात्मक परिवर्तन ल्याई उनीहरुलाई उज्वल भविष्य प्रतिउन्मूख गराउने उद्धेश्यले आयोजना गरिएको यस तालिममा केदार कोइराला र भक्तराज रसाइलीले सहजिकरण गरेका थिए ।
समापन कार्यक्रमको अवसरमा सहभागिहरुले तालिमबाट प्रभावकारी संचार सीप, निर्णय गर्ने सीप, अनुभूति सीप, आत्मजागरण, समालोचनात्मक सीप जस्ता सीपहरुउनीहरुलाई मन परेको र यसले आफ्नो दैनिक समस्याहरु समाधानगर्न सहयोग बताए ।

कमेन्टहरु
Loading...