Ganthan News Pokhara
All news from Pokhara & around

बाराका हावाहुरी पीडितलाई राहत वितरण

0

पोखरा, २७ चैत /बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ भलवलियामा चैत १७ गते आएको हावाहुरी पीडितलाई पोखरास्थित रेन्वो चिल्ड्रेन होम नेपालले राहत वितरण गरेको छ ।

समाजका विपन्न एवम् असहाय बालबालिकाको क्षेत्रमा कृयाशित सो संस्थाले प्रभावित क्षेत्रमा पुगी पीडितको आवश्यकता अनुसारको दुई लाख मूल्य बरावरको विभिन्न राहत सामाग्री वितरण गरेको हो ।

हावाहुरी पीडित क्षेत्रमा पुगेको टोलीले वस्तीका विशेषतः सुस्केरी महिला र नवजात शिशुका लागि आवश्यक सामागी वितरण गरेको रेन्बो चिल्ड्रेन होमका सस्थापक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वस्तीका १० देखि एक महिनासम्मका १० जना सुस्केरी महिला र नवजात शिशुलाई म्याट्रेस, तकिया, तन्ना, हर्लिक्स तथा बच्चालाई सरसफाई लगायतका आवश्यक सामाग्री सहित नगद वितरण गरिएको हो ।

हावाहुरीको कारण घर उडाएपछि नेपाली सेनाले उपलव्ध गराएको टेन्ट भित्रको चिसोमा वस्न बाध्य कठिन परिस्थितका महिला र वालवालिकालाई पोखरामा विभिन्न संङघ संस्था र व्यक्तिबाट संकलित रकमबाट राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा नारायणी क्षेत्रीय अस्पताल बीरगञ्जका प्रसुतिरोग विशेषज्ञ डा. लक्ष्मी थापाले हावाहुरीको कारण जोखिममा परेका मातृशिशुको स्वास्थ्य प्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।
उक्त क्रममा सस्थाबाट १० रोल म्याट्रेस, झुल लगायतका सामाग्री स्थानीय समाजसेवी एवम् राहत व्यवस्थापन समितिका संयोजक विरेन्द्र शाहलाई हस्तान्तारण गरिएको थियो ।

प्रभावित क्षेत्रमा विभिन्न संङघसंस्था र व्यक्तिवाट प्राप्त सहयोगले खानका लागि खाद्यान्नको समस्या तत्कालका लागि टरेपनि ग्यास चुलो र सिलिण्डरको अभावमा खाना पकाउन समस्या भएको पीडितले बताए ।

अरु सम्बन्धित खबरहरु