बेगनास तालबसको अध्यक्षमा भट्टराई

पुस १, कास्की/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेगनास तालबस इकाई समितिको आज सम्पन्न एघारौँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा ९ सदस्यीय नयँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धु्रव थापा सचिवमा शैलेन्द्र वि.क (दिपक), सहसचिवमा रन्जन तिमिल्सीना, कोषाध्यक्षमा कृष्ण प्रसाद कडेल र सदस्यहरुमा विरेन्द्र दाहाल, कमल प्रसाद कडेल, दुर्गा परियार र गौतम तिवारी रहेका छन ।
त्यसै गरी अधिवेशनले जिफण्ट प्रतिनिधिमा बिष्णु बहादुर पराजुली तथा सल्लाहकारहरुमा शुसिल हमाल, र प्रलाद बानिय चयन गरेको छ । यस अघि नेपाल ट्रेड यूनियन महासंघ राष्ट्रिय कमिटीका उपमहासचिव जनक चौधरीले कार्यक्रमको उद्घाटन गरे ।

लेखनाथ भट्टराई को अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्यूपेक नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग, संगठनका केन्द्रिय महासचिव रुद्र बहादुर खत्री, केन्द्रिय उपाध्यक्ष ईश्वर प्रसाद आचार्य, केन्द्रीय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिं गुरुङ्ग, अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री, अंचल सदस्य तथा इकाई इन्चार्ज लेखनाथ भट्टराई, उपाध्यक्ष धु्रव थापा, सचिव शैलेन्द्र वि.क(दिपक),  लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...