बाग्लुङमा पहिरोजादा एकै परिवारका चार सहित ५ जनाको मृत्यु

बाग्लुङ, २० साउन /बाग्लुङमा पहिरोमा जादा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । वर्षापछि निशीखोला २ बाहुन गाउँमा पहिरोले पुरिएर एउटै परिवारको चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै ढोरपाटन नगरपालिका ५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर करिव ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।

 

कमेन्टहरु
Loading...