मंसिर ४ मा चुनाव नभए कहिल्यै हुँदैन : भट्टराई

१९ साउन, भक्तपुर । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मंसिर ४ गते संविधानसभाको निर्वाचन नभए नेपालको इतिहासमै पछि कहिल्यै पनि संविधानसभाको निर्वाचन नहुने दाबी गर्नुभएको छ ।
Baburam-bhattaraiएमाओवादी भक्तपुर जिल्ला कमिटीले शनिबार मध्यपुरथिमिमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा भट्टराईले मंसिर ४ गतेको निर्वाचन कुनै हालतमा टार्न र सार्न नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो-’मंसिर ४ गते निर्वाचन हुँदैन की भन्ने आशङ्का गर्नु पर्दैन, निर्वाचन हुन्छ, त्यसको विकल्प छैन, मङ्सिर ४ मा पनि संविधानसभाको निर्वाचन नभए नेपालमा कहिल्यै पनि संविधानसभाको निर्वाचन फेरि हुँदैन ।’
निर्वाचनमा असहमत रहेका दलहरुसँग उच्चस्तरीय राजनीतिक समिति पुनर्गठन लगायतका विषयमा छलफल भइरहेको बताउँदै उहाँले भोलिसम्ममा असन्तुष्ट दलहरुसँगको छलफलले टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-’छलफलका क्रममा जायज र निर्वाचन सफल पार्ने कुनै पनि मागलाई सम्बोधन गरिन्छ तर निर्वाचन भाड्ने उद्देश्यका माग सम्बोधन हुँदैन । यसको टुङ्गो भोलिसम्ममा लाग्नेछ ।’
एमाओवादी नेता भट्टराईले पहिलो संविधानसभामा सहमति बन्न नसकेका विषयहरुमा छलफल गरेर अहिल्यै नै टुङ्गोमा पुग्नु पर्ने धारणा व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा राज्यको पुनःसंरचना, पहिचान र अधिकारसहितको सङ्घीयताका पक्षधर एक भएर निर्वाचनमा जान उहाँको भनाई छ ।
आम नागरिकलाई निराश नहुन आग्रह गर्दै नेता भट्टराईले भन्नुभयो-’एउटा राज्य सत्ताको अन्त्य भएर अर्को राज्य सत्ता स्थापना हुन समय लाग्छ, पुरानो घर भत्काउन जति सजिलो छ, नयाँ घर बनाउन उत्तिकै गाह्रो हुन्छ, यतिखेर नयाँ घरको नक्सा बनाएर जग हाल्ने काम भइरहेको छ ।’ रासस cp. onlinekhabar.com

कमेन्टहरु
Loading...