ज्ञानेन्द्रले चुनाव भाड्ने षड्यन्त्र गरेको भट्टराईको अरोप

८ साउन, काठमाडौं । एमाओवादीका नेता डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले चुनाव भाड्ने षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । देशव्यापी घुमेर ज्ञानेन्द्रले चुनाव भाड्न षड्यन्त्र गरेको भन्दै उहाँले सरकारले जेल हाल्नु पर्ने माग गर्नुभयो ।
baburam‘मधेसमा पण्डितहरुसँग मिलेर राजा चाहिन्छ भन्न लागाएका छन् । मलाई राजा बनाइयो भने भनेको मान्छु भनेर भनेर शन्तिकेन्द्रमा दूत पठाएको हामीलाई थाहा छ’ आफ्नै निवास सानेपामा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले भन्नुभयो-’म भएको भए जेल हाल्थेँ ।’ ज्ञानेन्द्रकै पिता पुर्खाले गर्दा महाकालीमा विकास नभएको भन्दै उहाँले अहिले आँसु झोरेर देखाएको आरोप लगाउनु भयो ।
भारतीय व्यापारीसँग साँठगाँठ गर्ने ज्ञानेन्द्र राष्ट्रवादी हुन नसक्ने भन्दै उहाँले भन्नुभयो-’हाम्रा क्रान्तिकारी भनाउँदा साथीहरुले पनि राष्ट्रवादी देखेको अनौठो कुरा हो । सिप्रदी लगायतका कम्पनीमा लगानी गरेको प्रशंग उठाउँदै भट्टराईले भन्नुभयो-’महेन्द्रमा सापेक्षित अडान थिए । यीनी त राजा हैन, व्यापारी हुन् ।’ ज्ञानेन्द्रलाई राष्ट्रवादी देखाएर लोकतन्त्रवादी दलाल सवित गर्न खोजिएको भन्दै उहाँले दलहरु बेलैमा सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

कमेन्टहरु
Loading...