सानोबाबु सुनुवार विश्वकै साहसिक खेलमा छनौटमा

सागर राज तिमिल्सिना
पोखरा, २३ काक्तिक/सगरमाथाबाट समुन्द्रसम्म प्याराग्लाईडिङमा उडेर किर्तिमान राखेका पोखराका प्याराग्लाइडिङ पाईलट सानोबाबु सुनुवारले विश्वकै साहसिक खेलमा छनौट भएका छन् । विश्वमै साहसिक मानिएको रेडबुल एक्स आल्पसको मगलबार निकालेको नतिजामा उनि छनौट भएका हुन् । प्याराग्लाईडिङमा उडेर, दौडेर र हिडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनले विश्वभरका हजारौं साहसिक पाईलटलाई पछिपार्दै छनौटमा परेका हुन् ।

छनौट चरणमा सफल भए पछि उनले २०१३ को जुनमा हुने प्रतियोगिताको फाईनलमा प्रतिश्पर्धा गर्ने छन् । विश्वभरका साहसिक पाईलट मध्येबाट उत्कृष्ट ३१ जना छनौट भएको थियो । यस्तो प्रतियोगितामा छनौट हुनु नै नेपालबाट पहिलो पटक पुग्न सक्नु नै ठुलो चुनौती र अवसर भएको सुनुवारले बताए ।

प्रतियोगितामा ३२०० मिटर उचाईमा रहेको अष्ट्रियाको साल्जवर्गबाट सुरु भई जिरो लेभलको फ्रान्सको मोनाकोसम्मको ९ सय किलोमिटर हवाई दुरीलाई प्याराग्लाईडिङबाट उडेर तथा पैदल हिडेर र दौडेर पुरा गर्नुपर्नेछ । प्रतियोगिता अष्ट्रियाबाट सुरु भई ईटली, जर्मनी, स्विटजरल्याण्ड हुँदै फ्रान्स पुगेर सकिने छ । छनौट चरणका लागि छुट्टै प्रतिश्पर्धा नभएपनि पहिले गरेका किर्तिमानको आधारमा उनि छनौटमा परेका हुन् ।

सुनुवार पोखराको ब्लुस्काई प्याराग्लाईडिङ कम्पनिमा सातवर्षदेखि आवद्ध टेण्डम पाईलट हुन् । प्याराग्लाईडिङबाट उडेर सर्वाेच्च शिखर सगरमाथादेखि समुद्री सतहको जिरो लेभल (समिट टु सी) पुग्न सफल भएका उनलाई नेशनल ज्योग्राफिक च्यानलले २०१२ मा‘वर्षका साहसिक व्यक्ति’ को उपाधि समेत दिएको थियो ।

एशोसिएसन अफ प्रोफेशनल प्याराग्लाईडिङ ईन्टरनेशनल (एपिपिआई) ले सुनुवारलाई अहिलेको चरणसम्म पहुँच उनले बताए । सुनुवारले प्रतियोगितामा छनौट भएपनि प्रतियोगितामा भाग लिनका लागि आर्थिक संकट रहेको बताए । उनले नेपाल सरकारका तर्फबाट आफुलाई कुनै सहयोग नभएको बताए ।

कमेन्टहरु
Loading...